जनचाहना न्यूज
दमौली २ असोज
तनहुँ, वन्दिपुर ५ जन्म तथा कर्म थलो भई हाल काठमाण्डौंमा कर्म थलो तथा अन्य प्रयोजन ले वसोवास गर्नेहरु बीच एक आपसमा समन्यता कायम गरी गैर राजनीतीक तथा गैर नाफामुलक, उदेश्य राखी विभिन्न निकायहरु सँग समन्वय गरी आफनो जन्म स्थानको बृहत्तर हितको लागी तनहुँ, वन्दिपुर ५ काठमाण्डौं सम्पर्क समाज गठन भएको छ ।
काठमाण्डौं को मनहोहन कलेज वालाजुमा धनश्याम वजगाईको सभापतित्वमा भएको वृहत भेलाले समाजको उदेश्य, गाउँ समाजको लागी गर्न सकिने कार्य योजना सहित संस्थालाई सक्रियता र निरन्तरताको लागी ५ सदस्यीय तदर्थ समिति गठन भएको छ । जसमा अध्यक्ष विमल भटराई, उपाध्यक्षमा चन्दा पौडेल, सचिवमा लक्ष्मण लामिछाने, कोषध्यक्षमा चपला ढकाल, र सदस्यमा गिता लामिछाने रहेका छन् भने समाजको सल्लाहकारमा घनश्याम वजगाई, रामकृष्ण ढकाल, चेतनाथ लामिछाने र क्रुषिराम भटराई रहेका छन् । उक्त भेलामा तनहुँ, वन्दिपुर ५ जन्म थलो भई हाल काठमाण्डौंमा कर्म थलो तथा अन्य प्रयोजनले वसोवास गर्ने विभिन्न व्यक्तिहरु उपस्थीत भई विजया दशमी, शुभ दिपावली, तथा छठ पर्वको शुभकामना दिनु हँदै समाज प्रती
निरन्तरताको कामना तथा सहयोगको प्रतिवद्दता व्यक्त गरेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij