Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

चितवनको भीम बहादुर हत्या प्रकरण ःजहाँ दलितलाई कुटी–कुटी मारिन्छ,किन मारिए भीमबहादुर ?

  • 269
    SHARES
  • 269 Shares
  • काठमाडौँ  मानौँ, कसैले रक्सी पिएर हल्ला गर्‍यो भने पिट्न पाइन्छ ।  त्यसमा पनि ज्यानै जाने गरी यहाँ यस्तै घटना भएको छ । दुई जनाको ‘हेपाहा पिटाइबाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’दसैँको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढ सय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन। प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले। हस्याङफस्याङ गर्दै ५७ वर्षीय विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो। अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन्। मनमा चिसो पस्यो। उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन्। त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन्। सबैको घरमा दसैँको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ। न्यायका लागि हारगुहार गरिरहेको छ। प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमबहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए। भुईँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो। यो समाचारअन्नपूर्ण पोस्टले छापेको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार