जनचाहना न्यूज
दमौली १० कार्तिक
तनहुँको सदरमुकाम दमौली रहेर झण्डै एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका पत्रकार श्रीहरी पौडेल तरुण पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले स्थापना गरेको तरुण पत्रकारिता पुरस्कारबाट शुक्रबार पत्रकार पौडेल सम्मानित भएका हुन् । नेपाली काँग्रेस तनहुँका निवर्तमान सभापति बैकुण्ठ न्यौपाने पूर्व सभापति रघुनाथ पौडेल,महासमिति सदस्य प्राडा कृष्ण गौतम,तरुण दल तनहुँका अध्यक्ष हिरा थापा लगायतकाले पत्रकार पौडेललाई दोसल्ला ओढाएर प्रमणपत्र र नगदले सम्मान गरेका हुन् । पुरस्कारको राशी रु.पाँच हजार रहेको नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले जनाएको छ । युवाहरुको क्षेत्रमा कलमका माध्यमबाट सशक्त रुपमा आवाज बुलन्द गर्दै आएको भन्दै तरुण दलले पत्रकार पौडेललाई सम्मान गरेको हो । पत्रकार पौडेल नेपाल टेलिभिजनको तनहुँ प्रतिनिधी पनि हुन् । पत्रकार पौडेल नेपाल पत्रकार महासंघ तनहुँका कार्यसमिति सदस्य हुन् । दमौलीबाट प्रकाशित विभिन्न संचारमाध्यममा सक्रिय भएर पत्रकार पौडेलले काम गर्दै आएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij