Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पलम्बर तालिम तर्फ युवाहरुको आर्कषण बढ्दो,सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्छौ ः प्रशिक्षार्थी

  • 593
    SHARES
  • 593 Shares
  • नारायणी पोलिटेक्निक इन्स्टिच्युट भरतपुरको आयोजनामा तथा व्यासनगरगालिका–१ को सहकार्यमा बीस जनालाई जुनियर पलम्बर तालिम प्रदान गरिएको छ । सीपमूलक तथा स्वरोजगारमूलक तालिममा १६ बर्ष देखि ४० बर्ष उमेरका बेरोजगार महिला तथा पुरुषलाई तीन महिने निशुल्क तालिम प्रदान गरिएको हो । तालिममा ८० प्रतिशत व्यवहारिक र २० प्रतिशत सैद्दान्तिक ज्ञान प्रदान गरिने सहायक प्रशिक्षक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो । ०७८ असोज ६ गते देखि पौष ६ गतेसम्म तालिम प्रदान गरिने छ । उक्त तालिममा दलित,मगर,क्षेत्री,दरै,घर्ती लगायतका बैदेशिक रोजगारबाट फर्किएका या आर्थिक रुपले बिपन्न समुदायका व्यक्तिहरुलाई छनोट गरी तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।  

    तालिममा १९ जना पुरुष र एक जना लक्ष्मी घर्ती महिला सहभागि रहेका छन् । तालिममा प्रतिव्यक्ति तालिम खर्च बापत रु.अठार हजार र दैनिक ७५ रुपैयाँ बराबरको  खाजा उपलव्ध गराइएको छ । तालिममा सहभागि अनिश बिकले तालिम लिएपछि स्वरोगार बन्ने लक्ष्य लिएको बताउनुभयो । त्यसैगरी तालिममा सहभागि अर्का प्रशिक्षार्थी बिशाल गुरुङले गाउँघरमा हुने पानी संम्बन्धीका समस्यालाई सहजीकरण गर्न तालिम फलदायी हुने बताउनुभयो । सिकेको सीपलाई व्यवहारिक र आयमूलक बनाउने लक्ष्य रहेको उहाँले  बताउनुभयो । तालिम सम्पन्न पश्चात सहभागि प्रशिक्षार्थीहरुलाई विभिन्न संघसंस्थासंग सहजीकरण गरी रोजगारीको लागि पहलकदमी गरिने तालिमका मुख्य प्रशिक्षक देबहादुर राईले जानकारी दिनुभयो । बजारको माग अनुरुप प्रतिस्पर्धी र दक्ष जनशक्ति उत्पादनको लागि जीवनउपयोगि सीप र व्यवसाय विकास तथा व्यवस्थापनका अन्य तालिम र अभिमुखीकरण प्रदान गरिने उहाँले बताउनुभयो । तालिमको लागि भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले हल उपलव्ध गराइएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार