Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दमौलीमा श्रीश्री गौर निताई भगवानको विग्रहको प्राण प्रतिष्ठा गरियो

  • 264
    SHARES
  • 264 Shares
  • दमौली  १८ कात्तिक 
    नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौलीमा शनिवार श्रीश्री गौर निताई भगवानको विग्रह प्राणप्रतिष्ठा गरिएको छ । व्यास नगरपालिका– ३ देउराली नगरमा रहेको इस्कोन दमौली शाखामा भारतको मायापुरबाट ल्याइएको विग्रहको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । 
    इस्कोन पोखराका प्रमुख अम्बुजा कृष्ण प्रभुजीले विग्रहमा दुध, दहि, घ्यू, मह र जुसबाट अभिषेक गरेका थिए । उक्त प्राणप्रतिष्ठा कार्यक्रममा इस्कोन पोखराबाट ब्रह्मचारी  बेधावी प्रभुजी  लगायत भत्तहरुले पनि अभिषेक गरेको थिए ।

    22.jpgअम्बुजा प्रभुजी र बेधावी प्रभुजीले भक्तहरुमाझ श्रीमद्भागवत गीता प्रवचन दिएका थिए । प्राणप्रतिष्ठा कार्यक्रममा दीपदान, अभिषेक, हरिनाम संकृतन लगायतका अनुष्ठान भएको इस्कोन दमौली शाखा अध्यक्ष रस मण्डल दासले बताए । त्यस्तै कार्यक्रमको अवसरमा इस्कोन करापुटारका साथै दमौली आसपासका सय भन्दा बढी भक्तहरुको सहभागीता रहेको थियो ।
    इस्कोन दमौलीमा हरेक दिन विहान ४ बजेर ५५ मिनेटबाट मंगल आरती, बेलुका ५ बजेबाट साढे ६ बजेसम्म गौर आरती, हरेक शनिवार दिउसो १ बजेदेखी साँढे ४ बजेसम्म कृतन, भागवत कक्षा, डान्सिङ्ग कृतन र प्रसाद वितरण हुने इस्कोन दमौली शाखाका कोषाध्यक्ष प्रमोद न्यौपानेले बताए । 
    कात्तिक १२ गतेदेखी मंसिर १३ गतेसम्म हरेक दिन साँझ ५ बजेबाट दामोदर महिनामा दामोदर भगवानलाई तुलसीको डाँठमा घ्यू बत्तिबाट दिपप्रज्वलन भइरहेको शाखाकी सदस्य लक्ष्मी गुरुङले जानकारी दिईन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार