Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कुरुती तोेड्दै तनहुँका महिलाहरु ः आफै शव बोकेर डमौली घाटसम्म पु¥याए

  • 339
    SHARES
  • 339 Shares
  • छोरीले शव बोक्न तथा  काजक्रिया गर्नु हुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै तनहुँका महिलाहरुले शब बोकेर सेतीमादीको संगमस्थल डमौली घाटसम्म पुराएका छन् । व्यासनगरपालिका–५ चापाघाट स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आबद्ध महिलाहरुले आश्रममा आश्रित ८६ वर्षिय  जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनिहरुले शव बोकेर घाटसम्म पुराएका हुन् । महिलाहरुले शव बोकेर दमौली स्थित घाटमा पुगेर दागवत्ती र दाहसस्कार गरेका थिए । छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न  आश्रममा आवद्ध महिलाहरुले आश्रममा आश्रीत आमा तथा बुवाको मृत्यु पश्चात पालो पालो शव बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सावित्रा श्रेष्ठले   बताउनुभयो । सोही आश्रममा आवद्ध महिलाहरुले जातीय परम्परा अनुसार  अन्त्येष्टिमा सघाएको उहाँले बताउनुभयो । महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ,काजक्रिया गर्नु पर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष शकुन्तला आलेले बताउनुभयो ।   

    सात वर्ष अघि ९० वर्षिय आइतुमाया थापाको मृत्यु भएपछि पहिलो पटक आश्रमी अध्यक्ष श्रेष्ठ लगायत आबद्ध महिलाहरुले नै शव बोकेर घाटसम्म पुराएपछि त्यसैलाई निरन्तरता दिदै आएका छन् । हालसम्म आश्रममा आश्रीत ५ जनाको मृत्यु भईसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् ।  आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमा जस्तै गरी पालनपोषण पोषण गर्दै आएकोले उनिहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पुरा गर्नु पर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो । ‘‘छोरीले पनि छोरा सरह जुनसुकै गर्न काम गर्न सक्छन् भन्ने उदाहरण दिन पनि आश्रममा आश्रीत आमाबुबाको मृत्यु हुँदा आश्रममाआवद्ध महिलाहरुले शव बोकेर घाटमा पुग्ने गरेका छौ’’ सचिव निर्मलाले भन्नुभयो । ‘‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’’ भन्ने भावाना बोकी २०७० सालमा महिलाहरुले आफू आफूमा चन्दा सङ्कलन गरी  दमौलीमा साहारा विहिन जेष्ठ नागरिको लागि आश्रम सञ्चालनमा ल्याएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार