एकिकृत अखिल नेपाल शिक्षक संगठन तनहुँले शिक्षक सरुवामा आर्थिक चलखेल र यौन प्रस्ताव लगायतका अवाञ्चित क्रियाकलाप गर्ने शिक्षकलाई कानुन बमोजिम कारबाही गर्न माग गरेको छ । संगठनका सचिव ईश्वरी प्रसाद ढकाल र अध्यक्ष राजेन्द्र पौडेलले शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका हुन् । शिक्षकहरुको सरुवामा शिक्षक नेताहरुले आर्थिक चलखेल र यौन प्रस्ताव एवं अन्य गतिबिधी भएको घट्ना प्रति घोर भत्र्सना गरेको छ । शुक्रबार बसेको संगठनको बैठकले उक्त क्रियाकलाप प्रति खेद प्रकट समेत गरेको छ । साथै संगठनका कुनै पनि सदस्य त्यस्ता क्रियाकलापमा संलग्न नरहेको र त्यस्तो क्रियाकलापमा संलग्न भएको पाइएमा कानुन अनुसार कारबाही गर्न समेत माग गरेको छ । कुनै दृश्य र अदृश्य शक्तिको आडमा कुनै संघ संगठनका शिक्षक नेतृत्वले त्यस्ता अवाञ्चित क्रियाकलाप गरेको भए त्यस्तो क्रियाकलाप प्रति घोर भत्र्सन गरेको छ । त्यस्ता क्रियाकलापमा संलग्न व्यक्तिको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न सम्बद्द निकाया समक्ष अपिल गरेको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij