साँकेतिक तस्बीर ः
सामाजिक संञ्जाल फेसबुक म्यासेन्जर मार्फत आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै तनहुँकी एक शिक्षिकाले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय साइबर अपराध व्यूरोमा उजुरी दिनुभएको छ । शिक्षक नेता पदमराज खनालले आफुलाई पटक पटक यौन दुव्र्यवहार गरी मानसिक तनाव दिएको भन्दै ती शिक्षिकाले प्रहरीमा उजुरी दिनुभएको हो ।
सुनियोजित ढंगबाट फसाउन खोजियो ः शिक्षक नेता खनाल
यौन दुव्र्यवहारको आरोपित नेपाल शिक्षक संघ तनहुँका सचिव पदमराज खनालले आफुलाई सुनियोजित ढंगबाट राजनीतिक प्रतिशोध राखेर फसाउने पड्यन्त्र रचिएको बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधी बन्न नपाएको र आफुले चाहेको विद्यालयमा सरुवा भएर आउन नपाएका लगायतका कारणले उजुरी दिने ती शिक्षिकाको श्रीमानले पुरानो इस्युलाई उठाएर बदनाम गर्न खोजेको शिक्षक नेता खनालले बताउनुभयो । यस बिषयमा थप प्रष्ट बनाउने उद्देश्यले उजुरी दिने शिक्षिकाको श्रीमान्लाई पटक पटक फोन सम्पर्क गरेपनि फोन रिसिभ गर्नुभएको थिएन् । पार्टीको साँगठनिक रुपमा पार्टीका सभापति बैकुण्ठ न्यौपाने बलियो नेतृत्व देखिएपछि कसरी कमजोर बनाउन सकिन्छ र आफुले राज गर्न पाइन्छ भन्ने एकथरीकाले सपना बुनेर यो फसाउने षड्यन्त्र बनाइएको उहाँको भनाई रहेको छ । यदि मैले गल्ती नै गरेको भए आठ÷नौ महिनासम्म किन चुपचाप लागेर बसियो ? गल्ती भएको भए तत्कालै किन एक्सन लिइएन् ? यौन सम्पर्कको कुरा आएको छ,अन्य कुनै संवाद र लामो समय च्याटमा कुरा पनि नभएको उहाँको दाबी रहेको छ । पीडित पक्षले आफुलाई जानकारी गराएपछि यस बिषयमा नगरप्रमुख बैकुण्ठ न्यौपाने कहाँ कुरा पुराएपछि हुन्छ म भन्छु भन्ने कुरा आश्वसन पाएको पीडित शिक्षिकाका श्रीमान्ले बताउनुभयो ।
आरोपितल खनालले कुनै प्रतिक्रिया नदिएपछि माफी मगाउने कोशिश पनि भएको थियो । उहाँले भन्नुभयो ‘पछि यो हुदै होइन फेक आइडी हो भन्ने कुरा आएपछि अपराध लुकाउन खोज्ने कार्य भएपछि पीडित पक्ष प्रहरी कहाँ गएका हुन् ।’
मसंग जोडिने बिषय छैन् ः पीडित शिक्षिकाका श्रीमान्
पीडित शिक्षिकाका श्रीमान्संग नेकाँ १४ औ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधी हुन नपाएको,आफुले चाहेको विद्यालयमा सरुवा हुन नपाएको झोकमा पुरानो इस्युलाई उठान गरिएको आरोप छ नि ? भन्ने प्रश्नमा पीडित महिलाहरुले उजुरी दिएको आधारमा प्रक्रिया अघि बढेको हो । मसंग जोडिनुपर्ने बिषय नभएको उहाँको दाबी छ । मसंग सोधेको अवस्थामा सल्लाह मात्रै दिएको हुँ,मेरो कुनै भूमिका छैन् । म सग ल्याएरजोडिनु भनेको घट्नालाई अतिरञ्जित बनाएर लुकाउन खोज्ने प्रयास भएको उहाँले बताउनुभयो । मसंग जोडिनु भनेको अपराधीलाई बचाउन खेलिएको खेल भएकोले सबै कुरा प्रहरीको अनुसन्धान पश्चात सत्यतथ्य बाहिर आउनेमा उहाँ बिश्वस्त हुनुहुन्छ । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माले शिक्षक सरुवामा आर्थिक लेनदेन हुने गरेको विषय सार्वजनिक गरे लगत्तै महिला शिक्षकहरु माथि सामाजिक सञ्जाल मार्फत यौन जन्य दुव्र्यवहार हुने गरेको विषय सार्वजनिक भएको हो ।
शक्तिको लडाई
यतिबेला नेपाली काँग्रेसका सभापति एवं व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई नङ्ग्याउने प्रयास चौतर्फीबाट हुन थालेको देखिएको छ । सभापति न्यौपानेबाट रुष्ट बनेका व्यक्तिहरुबाट नै खुलेर बिरोध गरिनुका साथै नङ्ग्याउने प्रयास भएको हो । पार्टी भित्र देखिएका दुई शक्ति बीच यतिबेला आन्तरिक एवं बाह्य रुपमा लडाई चलिरहेको न्यौपाने निकट एक नेताले बताउनुभयो । उक्त लडाइमा कसले कसलाई पाहा पछारे झै पछार्छ भन्ने बिषयमा भावीका दिनले बताउने नै छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij