Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

महिलाको चरित्रहत्या गरेको आरोपमा युट्युबर महतो पक्राउ

  • 299
    SHARES
  • 299 Shares
  • काठमाडौं  २३ कात्तिक 
    नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल ९टिकटक र फेसबूक०को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । उनी युट्युबर हुन् ।
    प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार  सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबूकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।  
    महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट  पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए । रासस

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार