जनचाहना न्यूज
दमौली २३ कार्तिक
राष्ट्रिय समाचार समिति ९रासस०ले भूकम्पबाट प्रभावित भएका चार जिल्लामा तीन महिनासम्म समाचार सेवा शुल्क नलिने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम, रुकूम पूर्व र सल्ल्यान जिल्लामा सञ्चालित आमसञ्चार माध्यमलाई माघ महिनासम्मको जिल्लाका सञ्चार माध्यमलाई तीन महिनासम्म समाचार सेवा निःशुल्क उपलव्ध गराउने निर्णय गरेको हो । रासस सञ्चालक समितिको आजको बसेको बैठकले उक्त सेवा दिने निर्णय गरेको राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिए ।
यही कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित उक्त चार जिल्लाका आमसञ्चार माध्यमले रासस केन्द्रीय कार्यालयमा सम्पर्क गरी निःशुल्क रूपमा समाचार सेवा प्राप्त गर्न सक्ने अध्यक्ष झाले बताए ।