Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ सेवा समाज युएई द्वारा वृद्धाश्रमलाई सहयोग प्राप्त 

  • 299
    SHARES
  • 299 Shares
  • जनचाहना न्यूज
    दमौली २३ कार्तिक
    तनहुँ सेवा समाज युएईले तनहुँका विभिन्न ठाउँमा रहेका वृद्धाश्रमलाइ सहयोग प्राप्त भएको छ ।  वृद्धाश्रम सहयोगार्थ तिज बिशेष सांस्कृतिक कार्यक्रम २०२३ू को  वचत रकमवाट समाजले जिल्लामा रहेका बिभिन्न बृद्धाआश्रमहरू लाई सहयोग गरेको हो । आश्रमको आवस्यकता र वस्तुगत स्थिति हेरी संचालक समिति संग समन्वय गरेर सोहि आधारमा सहयोग गरिएको तनहुँ समाज युएईले जनाएको छ । 
     पहिलो चरणमा शुक्लागण्डकि नगरपालिका स्थित मुक्तिनाथ च्वयनधाम  र जेष्ठ नागरिक सेवा केन्द्र९ बेलचौतारालाई सहयोग गरेको तनहुँ सेवा समाज युएईका निवर्तमान खेलकुद संयोजक  राजु तिमल्सिनाले बताए । 
    सहयोग कार्यक्रममा  शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डित ,  समाजका संरक्षक  हिरालाल श्रेष्ठ तथा प्रदिप श्रेष्ठ ९ राजु ०, वडा अध्यक्ष दीर्घ बहादुर थापा, बाबुराम कार्की,  होम राज लम्साल, त्रिलोचन लम्साल, युब राज पौडेल, ढकनाथ तिमिल्सिना लगायतको सहभागीता रहेको थियो । 
     यस्तै समाजले  बिहीबार भजन संकृतन समुहद्धारा सञ्चालित दिवाकालिन जेष्ठ नागरिक आश्रम चापाघाट । पराशर जेष्ठ ,  वेदव्यास आश्रम तथा देबघाट समाज कल्याण न्द्र बृद्दाश्रम देबघाट लाई सहयोग गरिएको जनाएको छ ।
    उक्त सहयोग कार्यक्रममा उपाध्यक्ष  गणेश बस्नेत तथा समाजका सल्लाहकार बसन्त थापा लगायतको सहभागीता रहेको थियो ।  समाजले मुक्तिनाथ च्यावनधाम लाइ ५५ इन्चको टि भी र न्यानो कपडा तथा ९ जना आश्रीत लाई न्यानो कपडा । जेष्ठ नागरिक सेवा केन्द्र बेलचौतारालाई ४७ हजार ५ सय र ८ जनालाई  न्यानो कपडा उपलब्ध गराएको छ । यस्तै वेदव्यास आश्रममा २० हजार ,  भजन संकृतन समुद्धारा सञ्चालित दिवा कालिन जेष्ठ नागरिक आश्रममा १० हजार,पराशर आश्रममा  नगद ५४ हजार ४ सय र न्यानो कपडा ६५ हजार बराबरको सहयोग गरेको जनाएको छ । समाजले  आजै पवित्र तिर्थ स्थल देवघाट धाममा रहेको देवघाट समाज कल्याण केन्द्र आश्रमलाइ ६३१८५ वरावरको जिन्सी र नगद ११८१५ सहयोग गरेको छ । समाजले यस अगाडि पनि विभिन्न सामाजिक क्ष्कामहरू गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार