Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पोखरामा बिश्वशान्ति पूजाको तयारी पुरा 

  • 243
    SHARES
  • 243 Shares
  • कास्की, ३० कात्तिक 
    पोखरामा गुम्बा राप्ने ९प्राण प्रचिस्ठा० पाठ वाचन प्रज्ञा पारामिता ९काग्युर० पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको  छ । बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने ९प्राण प्रचिस्ठा० पाठ वाचन प्रज्ञा पारामिता ९काग्युर० पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए । 
    मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ  । पुजाको पूर्व सन्ध्या मङ्सिर १ गते लामा गुरुहरुको र्याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति,परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउदै गितले स्वागत गरि बृहत पवित्र पूजाको सुरुवात गरिनेछ । 
    उक्ता पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ, भने ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछे को उपस्थिति रहने छ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार