Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सरस्वती देवीको मन्दिर निर्माणार्थ सिद्धेश्वरीको देउसीभैलो,रु.दुई लाख बढी आर्थिक संकलन

  • 363
    SHARES
  • 363 Shares
  • जनचाहना न्यूज
    तनहुँ १ मंङिसर 
    विद्यालय परिसरमा सरस्वती देवीको मन्दिर निर्माण गर्न यहाँको एक विद्यालयले देउसीभैलो कार्यक्रमबाट अर्थ संकलन गरेको छ । 
    जिल्लाको व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयले मन्दिर निर्माणार्थ देउसीभैलो खेलेको हो ।  
    गत शुक्रबारदेखि सुरु गरेको देउसीभैलोबाट रु.दुई लाख तीन हजार सात सय त्रिचालिस रकम संकलन गरेको सो विद्यालयले जनाएको छ ।  
    उक्त वडाका देउराली,पालिङ, कमलबारी,बगैंचा लगायतको स्थानमा देउसीभैलो खेलिएको सिद्धेश्वरी माध्यमिक विद्यालय संयोजक ज्ञानेन्द्र जि.सीले जानकारी दिए ।  
    विद्यालय हाताभित्र सरस्वतीको मन्दिर निर्माण गर्ने उद्वेश्यले नेपाली परम्परागत संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लिएर मनोरञ्जनका साथमा देउसीभैलो खेलिएको उनले बताए । 
    विद्यालय परिसरमा सरस्वती देवीको मन्दिर नभएकाले निर्माण गर्ने सोचका साथ रमाइलो गर्दै आर्थिक संकलन गरिएको विद्यालय प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 
    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापा लगायत समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका अध्यक्ष नन्दकुमारी बिक,शिक्षकवर्ग,विद्यार्थी लगायतका सहभागिता रहेको थियो । 
    त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले विद्यालयमा ट्रष्ट निर्माणका लागि देउसीभैलो खेलेको छ ।
    तीन दिनसम्म खेलिएको देउसीभैलोबाट रु.चार लाख बढी रकम संकलन भएको विद्यालय प्रधानाध्यापक संञ्जय कुमार बिकले जानकारी दिए ।  
    विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको देउसीभैलोमा सक्रिय सहभागिताले थप उर्जा मिलेको उनले बताए । 
    कला संस्कृतिको संरक्षण गर्दै विद्यालयको शिक्षा क्षेत्रमा लगानी गर्ने सोचका साथ देउसीभैलो कार्यक्रम राखिएको सो विद्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार