जिल्ला प्रहरी कार्यालय तनहुँले सात जना जुवाडेलाई पक्राउ गरेको छ । यासनगरपालिका–१ मोहरियाटटार स्थित काशीराम पन्थको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद रु.४७ हजार ६ सय असी र १५९ थान तास सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । हार जीत हुने गरी जुवातास खेल भैरहेको गोप्य सूचना पश्चात प्रहरी निरीक्षक शिवराज क्षेत्रीको कमाण्डमा गएको दश जनाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी काशीराम पन्थ, हरी बहादुर पन्थ, सुरज पन्थ, उमानन्द तिवारी, बिनोद पन्थ, तिलक बहादुर गुरुङ, प्रमनध्वज थापा मगर रहेका छन् । पक्राउ परेका जुवाडे उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij