फाइल तस्बीर ः
दसैँमा घर तथा आफन्तकहाँ पुगेर फर्कँदै गरेका यात्रु बोकेको बस दुर्घटना हुँदा पाँचथरमा ५४ जना यात्रु घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–४ स्थित शान्तिपुरमा सडकबाट करिब २० मिटर तल बस खस्दा सो दुर्घटनामा भएको हो । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट बिर्तामोडका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस अर्को सवारी साधनलाई उछिन्ने क्रममा बस दुर्घटना भएको हो । बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पलात पाँचथर सहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १० जना यात्रुको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि झापातर्फ पठाउने तयारी भइरहेको छ । कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दुरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij