जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियान अन्र्तगत रु.एक लाख अनुदान दिने निर्णय गरेको छ । जग्गा बिहीन नागरिकलाई गाउँमा फर्किनको लागि आर्कषण गर्ने उद्देश्यले आवास निर्माणको लागि उक्त रकम दिने निर्णय गरेको हो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । ऋषिङ्ग फर्क अभियान अन्र्तगत जग्गा बिहीन ऋषिङ्ग गाउँपालिकाका नागरिकलाई आवास निर्माणको लागि उक्त रकम अनुदान दिन सुचना प्रकाशित गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिनुभयो । गत असार र साउन महिनामा परेको अबिरल बर्षाका कारण बाढी र पहिराका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणको लागि रु.साठी हजारसम्म अनुदान दिने निर्णय गरेको छ । उक्त बैठकले बिद्यालयका ईसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्युनतम तलबमापन कायम गर्ने शिक्षा समितिको प्रस्ताव सर्बसम्मत पारित गरेको छ । संघिय सरकारले ब्यवस्था गरे अनुरुप न्युनतम तलब मापन तय गरेको छ । स्थानीय तहबाट थप गरी (१–३) कार्यालय सहयोगीलाई रु.दश हजार,१–५ संचालन भएका बिद्यालयका सहयोगी कार्यर्तालाई रु.बाह्र हजार,१–८ संचालन भएका बिद्यालयका सहयोगी कार्यकर्तालाई रु.तेह्र हजार १–१२ संचालन भएका बिद्यालयका सहयोगी कार्यकर्तालाई रु.चौध हजार तलबमापन गरिएको छ । त्यसैगरी,ईसिडी सहजकर्ताका लागि रु.पन्ध्र हजार र लेखापालका लागि रु.स्रोह हजार तलबमापन कायम गर्ने प्रस्ताव सर्वसम्मत रुपमा बैठकले पारित गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij