Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्व.प्रधानाध्यापक भट्टराईको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना 

  • 336
    SHARES
  • 336 Shares
  • जनचाहना न्यूज
    तनहुँ ७ मंङिसर 
    जिल्लाको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा स्व.प्रधानाध्यापक रामजी शर्मा भट्टराईको स्मृतिमा रु.एक लाखको अक्षयकोष स्थापना गरिएको छ । 
    सोही विद्यालयका प्रधानाध्यापक रहेका भट्टराईको निधन भएपछि उहाँकी धर्मपत्नी उर्मिला भट्टराईले उक्त अक्षयकोष स्थापना गरेकी  हुन् । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठलाई भट्टराईले रु.एक लाखको चेक हस्तान्तरण गरेकी थिइन् । 
    उक्त अक्षयकोषबाट प्रत्येक बर्ष विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रावृत्ति प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी काठमाण्डौं–२६ रामखुशी निवासी आर्किटेक्ट बसन्त रत्न तुलाधर र पत्नी लयताले कालिका वेलफेयर ट्रष्टमा रु.बीस हजार सहयोग गरेका छन् ।  
    आफ्ना स्व. माता र पिताको स्मृतिमा दुुवै जनाले रु.दश हजारका दरले आर्थिक सहयोग गरेको विद्यालय प्रशासनले जनाएको छ । 
    त्यसैगरी विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमलाई सहयोग पु¥याउने उद्वेश्यले ती दम्पतीले बाह्र थान थाल,बाह्र वटा गिलास र बाह्र वटा कचौरा सहयोग गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार