मंसिर ८ पोखरा
पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार हुने रक्तदान कार्यक्रको सम्पूर्ण तयारी पुरा भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदानकार्यक्रम गर्न लागेको हो । पोखरा – ५ प्रस्याङस्थित रेडियोको प्राङ्गणमा सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गरिने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागीबनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने उनले बताए ।
‘एफएमले आफ्नो वार्षिक तालिका अनुसारै रक्तदान कार्यक्रम गर्न लागेको हो । चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा हुन सक्ने रगतको अभाव पूर्ति गर्नपनि यो कार्यक्रम सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो’–उनले भने । बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गर्न लागेको रेडियोले जनाएको छ ।
रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ?भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ गरिरहेको छ । १७बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ के.जि.तौल भएका, अघिल्लो पटक रक्तदान गरेका ३ महिनाअर्थात ९० दिन पूरा भएका, पिरियड(मासिक रक्तश्राव÷महिलाको हकमा) भएको छैटौं दिनपुगेका, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधिखाइरहेको भएपनि बि पि ठिक छ भने दिन मिल्छ) भएकाले ढुक्कले रक्तदान गर्न सक्ने रक्त संचार केन्द्र पोखराका प्राबिधिक प्रमुख अर्जुन ज्ञवालीले बताए । एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालनगर्दै आएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij