देवघाटको गाइघाट सानुभञ्ज्याङ कृषि मोटरमार्ग अन्र्तगत मान्द्रे पाखामा पहिरा जाँदा अवरुद्द भएको सडक दश दिन पछि सुचारु भएको छ । योङ्ग कम्युनिष्ट लिग देवघाट गाउँपालिका वडा नं ४ कमिटीका युवाहरुको सक्रियतामा अबरुद्द पहिरा पन्छाएपछि सडक संञ्चालनमा आएको हो । गत असोज ३१ गते राती देखि परेको अबिरल बर्षाका कारण अबरुद्द बन्दै आएको उक्त सडक पार्टीको निर्देशनमा पहिरा हटाइएको नेकपा माओवादी देवघाट गाउँपालिकाका अध्यक्ष भुवन गुरुङले जानकारी दिनुभयो । बीस जना वाइसिलले दिनभर लगाएर करिब दश मीटर पहिरा पन्छाएपछि यातायात संञ्चालनमा आएको उहाँले बताउनुभयो । लामो समय देखि सडक अवरुद्द भएर यातायातका सवारी नचल्दा ढुवानीमा समेत समस्या भएपछि स्थानीयबासीले सास्ती खेप्नुपरेको थियो ।
देवघाट वाइसिएल गाउँ कमिटीका सदस्य दिनेशजंग गुरुङको अगुवाइमा उक्त कार्य सम्पन्न गरिएको नेकपा माओवादी देवघाट गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । यातायातका सवारी साधान नचल्दा स्थानीयबासीले लामो समय खर्चेर पैदल हिड्न बाध्य भएका थिए । यस गाइघाट सानुभञ्ज्याङ कृषि मोटरमागलाई नेपाल सरकारले रेडबुकमा समावेश गरी बैकल्पीक राजमार्गको रुपमा विकास गर्न लागेको छ । तनहुँका देवघाट,ऋषिङ र घिरिङ गरी तीन वटा गाउँपालिका र तीन प्रदेश छुने भएकाले यस सडकलाई बैकल्पीक राजमार्गको रुपमा विकास गर्न प्राथामिकतामा राखेको हो । उक्त सडकले ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र प्रदेश नं ५ को पाल्पासम्म जोडिने छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij