Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शिक्षक संघ तनहुँका अध्यक्ष भट्टराईद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग,विद्यार्थीको मुहारमा छायो खुशीयाली

  • 672
    SHARES
  • 672 Shares
  • जनचाहना न्यूज 
    तनहुँ ११ मंङिसर 
    नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईले दलित तथा बिपन्न बालबालिका अध्ययनरत एक विद्यालयलाई सोमबार न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् । 
    जिल्लाको व्यास नगरपालिका–११ सेरा स्थित बसन्त आधारभूत विद्यालयमा अध्ययनरत ७५ जना छात्रछात्रालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन् । 
    न्यानो कपडा तथा स्टेशनरी सामाग्री पाउँदा छात्रछात्राहरुको मुहारमा खुशी छाएको महसुस गर्न सकिन्थ्यो । अध्यक्ष भट्टराईले उक्त विद्यालयका छात्रछात्राका लागि रु.पचास हजार बराबरको कपडा तथा स्टेशनरी सामाग्री सहयोग गरेका हुन् । 
    कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आत्मा सन्तुष्टिका लागि आफुले कमाएको केही रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने गरेको   बताए ।  

    hh222.jpg
    आफुले कमाएको रकममध्ये १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने सोच बनाएपनि करिब ३० प्रतिशत खर्च हुने गरेको अध्यक्ष भट्टराईले बताए । 
    विद्यालय र बालबालिका लगायतका सामाजिक क्षेत्रमा आफुले प्राथामिकता दिएर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने योजना बनाएको उनले बताए । 
    विद्यालयलाई आवश्यक महसुस भएमा आउँदा दिनमा पनि सहयोग गरेर अघि बढ्ने चाहना आफ्नो रहेको सो अवसरमा उनले बताए । 
    कार्यक्रममा व्यास–११ का वडाध्यक्ष दलबहादुर दुराले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएकाले शैक्षिकस्तर र गुणस्तर शिक्षाका लागि अभिभावक,शिक्षकवर्ग र विद्यार्थी स्वयं खटेर लाग्नुपर्नेमा जोड दिए । विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्दै प्राविधिक शिक्षातर्फ लाग्नु अबको आवश्यकता रहेको उनले औल्याए । 
    विद्यालयको भौतिक स्तरउन्नति कार्यका लागि मेरो क्षेत्रबाट पहलकदमी भैरहेको छ,उनले भने,विद्यार्थीको संख्या बृद्धि गरी गुणस्तर शिक्षामा लाग्नुस् । 

    dd.jpg
    विद्यालयका प्रधानाध्यापक माधव प्रसाद खनालले विद्यार्थी संख्या न्यून रहेकाले बृद्वि गरी मावि तह संचालनको लागि आवश्यक पहल भैरहेको बताए । शिशु कक्षा व्यवस्थापनका लागि मनोरञ्जनात्मक क्रियाकलापको तयारी भैरहेको समेत उनले सो अवसरमा बताए । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सेरा टोल विकास संस्थाका अध्यक्ष गोपाल घर्ति,मनकामना मन्दिर आश्रमका अध्यक्ष राजन अधिकारी लगायतका वक्ताहरुले विद्यालयमा विद्यार्थी संख्या र गुणस्तर शिक्षामा सुधार गर्नुपर्नेमा सुझाब दिएका थिए । कार्यक्रम संचालन शिक्षक श्रीराम गन्र्धवले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार