जनचाहना न्यूज
तनहुँ ११ मंङिसर
व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यमिक विद्यालयकी छात्रा भरोसा बानिया गण्डकी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छन् ।
गण्डकी प्रदेश सरकारद्वारा आयोजित “प्रदेश सरकारसँग बालबालिकाको अपेक्षा’’ भन्ने विषयक प्रतियोगितामा कक्षा ११ विज्ञान समुहमा अध्ययरत छात्राले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र प्रदेश बाल क्लबको आयोजनामा प्रतियोगिता गरिएको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले नगद रु.तीस हजार र प्रमाणपत्रले पुरस्कृत गरेकी थिइन् ।
छात्रा भरोसाले विद्यालयको गरिमालाई उच्च राख्न सफल भएकी छन् । सत्यवती देशकै उत्कृष्ट विद्यालय अन्तर्गत पर्दछ । विद्यालय २०५७ सालदेखि तनहुँ जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको प्रधानाध्यापक पुष्पकला भट्टराईले बताइन् ।
चारपटक पश्चिमाञ्चल क्षेत्रको सर्वाेत्कृष्ट विद्यालय, एकपटक राष्ट्रियस्तरको प्रथम र दुईपटक राष्ट्रियस्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सत्यवती सफल भएको थियो ।
प्रथम हुन सफल छात्रालाई सोमबार सत्यवती माध्यामिक विद्यालयले सोमबार बधाई ज्ञापन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल लगायत विद्यालयका शिक्षकहरुले बधाई ज्ञापन गरेको हो ।
शिक्षकहरुले दिएको मार्गदर्शन अनुसार प्रस्तुति दिएका कारण प्रदेशमै प्रथम हुन सफलता मिलेको छात्रा बानियाँले बताइन् ।
सत्यवतीले २०५७, २०६६, २०६७, २०७० को एसएलसी परीक्षामा पश्चिमाञ्चल क्षेत्रमा प्रथम स्थान हासिल गरेको थियो ।
विसं २०५७ मा ५० हजार र ०६६ र ०६७ मा उत्कृष्ट भएवापत शिक्षा मन्त्रालयबाट ध्वजा, शिल्ड र रु.एक लाख नगद रुपैयाँ नगदबाट पुरस्कृत भएको थियो ।
उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले यो विद्यालय विद्यार्थी तथा अभिभावकको रोजाईमा परेको छ । विद्यालयमा दुई हजार आठ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए । यस विद्यालयले प्राविधिक र गुणस्तरीय शिक्षामा ख्याति कमाउँदै आएकाले विभिन्न जिल्लाबाट शिक्षक तथा विद्यार्थी अवलोकन गर्न आउने गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij