बुटवल २० मंसिर
पश्चिम नवलपरासीमा छात्रामाथि निर्घात कुटपिट गर्ने शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय, नवलपरासीले मुद्दा चलाएको छ । जिल्लाको सरावल गाउँपालिका–७ बर्गदवास्थित कालिका इंग्लिस बोडिङ स्कूलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए । शिक्षक यादवले छात्राको पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए ।
कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा प्रहरीले कुटपिट गरेर फरार रहेका शिक्षक यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका शिक्षकमाथि बालकालिकाविरुद्धको अपराधमा मुद्दा दर्ता कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए । अपराध ठहर भएमा शिक्षक यादवलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्राबधान छ ।लोकान्तर
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij