जनचाहना न्यूज
तनहुँ २० मङ्सिर
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले शिक्षामा सुधार नहुँदा युवा बिदेश पलायन हुनुपरेको बताए ।
जिल्लाको भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
नेपालमा बस्न सक्ने गुणात्मक शिक्षाका बिषयमा गम्भीर चिन्तन मनन नहुँदा बेरोजगारी समस्या बढेपछि युवा पलायन बन्नु परेको उनको तर्क थियो ।
कक्षा १२ पास हुने बित्तिकै नयाँ पुस्ता बिदेशिने क्रम बढ्दो रहेकाले यसतर्फ राज्यको गम्भीर ध्यान पुग्न आवश्यक देखिएको उनको भनाई थियो ।
राष्ट्रिय समस्याको रुपमा रहेको बिदेसिने क्रमलाई रोक्न सरकारले गुणात्मक र प्रविधि शिक्षामा जोड दिनुपर्ने उनले बताए ।
आफ्नो आवश्यकता पुरा गर्न बाहिर जान नपरोस् भनेर सरकारले कहिल्यै ध्यान दिन नसकेको उनको आरोप छ । शिक्षामा सुगमता होस् भनेर शिक्षामन्त्री हुँदा आफूले एकैपटक एक हजार मावि स्कुल स्थायी गरेको स्मरण गरे ।
मैले शिक्षा मन्त्री छोडेपछि एउटा पनि माध्यामिक तह सम्मको स्थायी हुन सकेको छैन । शिक्षक तथा प्राध्यापकहरु भेला हुने तर पढाईमा कसरी सुधार गर्ने भन्ने बिषयमा छलफल नहुँदा शिक्षा क्षेत्रमा सोचे अनुरुप प्रगति हासिल गर्न नसकेको उनले बताए ।
युवाहरुलाई स्वदेशमा टिकाइ राख्न र कसरी रोजगारी दिन सकिन्छ भनेर बैकल्पिक उपायका बिषयमा छलफल हुन आवश्यक देखिएको उनले बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ,विपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, नेकाँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठ,भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्व प्रमुख उदयराज गौली,क्याम्पस प्रमुख रविन्द्रराज जोशी लगायतले धारणा राखेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij