व्यासनगरपालिका– १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा व्यवस्थापन बिषय लिई अध्यनरत विद्यार्थीहरुको साझा तथा गैर राजनितिक शैक्षिक सस्था ब्यावस्थापन विद्यार्थी सर्कलको आयोजना तथा रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा बिहीबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय सदस्य प्रदिप घिमिरेले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले रगतको कुनै विकल्प नभएको र रगतको खाँचो परेका बिरामीहरुको उपचारका लागि बाह्रै महिना रगत संकलन गर्न सकिने बताउनुभयो । रेडक्रसका रक्त संकलन केन्द्रहरुले संकलन गर्दै आएको र रक्त दान जस्तो पुण्य कार्य आदिकवि भानुभक्त क्याम्पसका विद्याथीहरु गरेको उहाँले बताउनुभयो । कार्यक्रममा पैतिस जनाले रक्तदान गरेका थिए । सो अवसरमा रक्तदाताहरुलाई जलपान गराइ खादा र प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा तनहुँ रेडक्रसका उपसभापति ऋषिराम पोखरेल र क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हदत्त तिमल्सेनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुखहरु डा.रामकुमार अधिकारी र सागर पौडेल, ब्यावाथापन विभाग प्रमुख रामभक्त घिमिरे, कक्षा ११÷१२ कार्यक्रम संयोजक चिरन्जिवी वस्नेत, स्ववियु सभापति दुर्गा भण्डारी, नेविसंघ ब्यास नगर सभापति सुनिल मिश्र जिवनसेवा अभियानका सस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ, वर्तमान अध्यक्ष पुजा सुनार, युवा रेडक्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी, एविआइटि क्लवका अध्यक्ष विकल श्रेष्ठ, सृजनशिल साहित्य मञ्चका अध्यक्ष सगर पाण्डे लगायतको उपस्थिति रहेको थियो । सर्कलका कार्यवाहक अध्यक्ष दिनेश वि.क.को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालन सर्कलका सचिव सुमन खड्का र स्वागत मन्तव्य उपाध्यक्ष अस्मिता अधिकारी गर्नुभएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij