Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

लमजुङमा सामूहिक भोज खाँदा ३३ जना बिरामी परे 

  • 337
    SHARES
  • 337 Shares
  • जनचाहना न्यूज
    लमजुङ २४ मंसिर 
     लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्नेको सङ्ख्या ३३ पुगेको छ । क्रिसमसको अवसरमा भोटेवडारका क्षेत्रबहादुर गुरुङको घरमा भोज खाएर घर फर्किएपछि उनीहरू धमाधम बिरामी परेका हुन् । शुक्रवार राती खाना खाएका र शनिवार बिहानैदेखि बिरामी पर्ने क्रम सुरु भएको थियो ।
    अहिलेसम्म ३३ जना बिरामी भैसकेका अस्पतालले जनाएको छ । उक्त घटनामा १ जनाको मृत्यु भएको छ । सुन्दर बजारकी ३२ वर्षीया देवी परियारको आइतबार बिहान मृत्यु भएको हो । 
    बिरामीहरूको सुन्दरबजार स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई झाडापखाला र ज्वरो आएको छ । भोजमा ४० जना सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार