Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिद्धबेनीका बौद्धिक अपाङगता बालबालिकालाई मानव अधिकार संगठन तनहुँको सहयोग

  • 337
    SHARES
  • 337 Shares
  • जनचाहना न्यूज
    दमौली २४ मंसिर
    नेपाल मानव अधिकार संगठन तनहुँले व्यास नगरपालिका– १३ स्थित सिद्धबेनी आधारभूत विद्यालयका बौद्धिक अपाङगता भएका बालबालिकालाई शैक्षिक सामग्री र पौष्टिक आहार उपलब्ध गराएका छन । २० जना बालबालिकाहरुलाई आइतबार सामग्री र पौष्टिक आधार वितरण गरिएको हो । नेपाल मानव अधिकार संगठन तनहुँका अध्यक्ष राजेन्द्र खनालले ति बालबालिकाहरुलाई आवश्यक सामग्री र पौष्टिक आहार उपलब्ध गराएका हुन । खनालले उक्त सामग्री विद्यालयका प्रधानाध्यापक खड्क बहादुर सुवेदी र स्रोत शिक्षक फल बहादुर थापालाई हस्तान्तरण गरेका हुन् । सामग्री पाउँदा बालबालिकाहरु निकै खुशी भएका थिए । सोही अवसरमा बोल्दै अध्यक्ष खनालले संगठनले मानव अधिकारको पैरवी र बहसका साथै शिक्षा र स्वास्थ्यमा समेत सहयोग पु¥याउदै आएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णभक्त तिवारी, रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्षका मदन वाग्ले, संगठनका तनहुँ सचिव जनकराज काफ्ले, लगायतकाले उक्त संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार