Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कालिकोटकी निरुको बलात्कार पछिको हत्याकाण्ड ः हत्यारा सार्वजनिको माग गर्दै मान्मा उलियो प्रर्दशन

  • 208
    SHARES
  • 208 Shares
  • कालिकोट ः गत दुई महिनाअघि बलात्कारपछि हत्याको आशंका गरिएकी खाडाचक्र ६ दाहा गोरालवाडाकी १६ वर्षीया किशोरी निरु विश्वकर्माको हत्यारा अझै पत्ता लगाउन सकेको छैन् । यति लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलगाएको भन्दै सार्वजनिकको माग गर्दै सदरमुकाम मान्ममा प्रदर्शन गरिएको छ । दलित अधिकारकर्मी सरु सुनारको नेतृत्वमा स्थलगत अनुगमनका लागि कालीकोट आएका दलित अधिकारकर्मीसहित सयौं स्थानीयले बिहीबार मान्म बजारमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ुनिरु हत्यारालाई सार्वजनिक गरी कारबाही गर,बलात्कारीलाई फाँसी दे,दलित माथिको विभेद अन्त्य गर,निरुका परिवारलाई न्याय देजस्ता नारा लगाउँदै ब्यानर, प्ले कार्डसहित बजार परिक्रमा गरी प्रतिमा चोकमा विरोध सभामा परिणत भएको थियो ।

    स्थानीय सरस्वती मावि हुपीडाँडामा कक्षा ८ मा अध्ययनरत निरु गाउँमा गठिन किशोरी समूहकी सदस्य थिइन् । बलात्कारपछि हत्या गरेर मकै बारीमा लाश भेटिएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नुमा प्रहरीको अनुसन्धान प्रक्रिया फितलो भएको मानवअधिकारकर्मीहरुको ठम्याई रहेको छ । गत भदौ ४ गते बेलुकी ७ बजेसम्म घरमै भएकी किशोरीको ७ गते दिउँसो घरबाट करिब ३ सय मिटर तल मकैबारीमा शव भेटिएको थियो । घरबाट कसैले बोलाएर गएपछि सामूहिक बलात्कार गरेर हत्या गरिएको हुन सक्ने स्थानीय बसन्त विश्वकर्माले जानकारी दिनुभयो । लासको भेटिएको ठाउँमा लछारपछार भएको  दृश्य देखिएकोले जबरजस्ती गर्न खोज्दा नमानेपछि हत्या गरिएको उहाँको दाबी रहेको छ । गाउँभित्रकै व्यक्तिहरुको संलग्नतामा हत्या गरिएको अनुमान गरिएको कालीकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताउनुभयो । घटनास्थल हेर्दा हत्याजस्तै देखिन्छ । हालसम्म प्रहरीले घटनास्थल वरपरका ५० भन्दा बढीलाई सदरमुकाम मान्ममा ल्याएर सोधपुछ गरेको र गाउँमा पनि प्रहरी टोलीलाई अनुसन्धानको लागि खटाइएको उहाँले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार