Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकविमा देउसीभैलोबाट संकलित रु.एक लाखको अक्षयकोष स्थापना 

  • 342
    SHARES
  • 342 Shares
  • जनचाहना न्यूज
    दमौली ३० मंसिर 
    व्यास नगरपालिका–१ स्थित आदिकवि  भानुभक्त क्याम्पसमा गठन गरिएको व्यवस्थापन विद्यार्थी सर्कलले रु एक लाख रकम बराबरको छात्रवृत्ति  अक्षयकोष स्थापना गरेको छ । सर्कलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी अक्षयकोष स्थापना कार्य सम्पन्न गरेको   हो । क्याम्पसको सभा हलमा सञ्चालन विद्यार्थी सर्कलकी अध्यक्ष निशा भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

    sss.jpgयसैगरि छात्रवृत्ति अक्षयकोष कार्यविधि मौस्योदा उपसमिति सदस्य सचिव सुमन खड्काले कार्यविधि प्रस्तुत गरेका थिए । सर्कलकी कोषाध्यक्ष सबिना अधिकारीले छात्रवृत्ति अक्षयकोष आय व्यय प्रस्तुत गरि रु.एक लाखको चेक क्याम्पस संचालक समितिका अध्यक्ष बुद्विमान श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन् ।

    यसैगरि सर्कले उक्त कार्यक्रम, छात्रवृत्ति कोष स्थापना गर्नका लागि विशेष सहयोग पुराउने महानुभावहरुलाई सम्मान गरेको थियो। सर्कलको अक्षयकोषमा थप मद्वत पुगोस भन्ने हेतुले सहयोग रकम हस्तान्तरण गरेको सर्कलले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथी क्याम्पस संचालक समितिका अध्यक्ष बुद्विमान श्रेष्ठ,क्याम्पस प्रमुख महाप्रसाद हड्खले,स्ववियु एवम् स्ववियु सचिव अनुप आले लगायतका वक्ताहरुले थप योगदान गर्ने प्रतिब्द्वता व्यक्त गरेका थिए । स्वागत सर्कलकी उपाध्यक्ष प्रतिक्षा पन्थले कार्यक्रममा स्वागत तथा कार्यक्रम संचालन सहसचिव सुस्मा श्रेष्ठले गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार