तनहुँ ३० मंसिर
मिजार समाज सेवा समुह दमौलीका संस्थापक अध्यक्ष एवं सफल व्यवसायी गुञ्जमान कोइरालालाई मातृशोक परेको छ । आमा तिलकुमारी कोइरालाको ८४ बर्षको उमेरमा शुक्रबार गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व.कोइरालाका जेठा गुञ्जमान,माइला सोम र कान्छा रामशरण गरी तीन छोरा र दुई छोरीमध्ये एक छोरीको निधन भैसकेको छ । जन्मथलो गोरखा भएपनि विसं २०४५ सालमा तनहुँको सदरमुकाम दमौली प्रवेश गरेका गुञ्जमान कोइरालाले समाजको लागि अतुलनीय योगदान दिएको पाइन्छ । सुरुवाती चरणबाटै समाजको विकासको लागि रामबहादुर टक्सारे,देउ बिसुन्के लगायतका व्यक्तिको सहयोगमा मिजार समाज गुठी बनाउने प्रस्ताव राखेका थिए । गुठी बनाउने प्रस्ताव संगै कोइरालालाई अध्यक्ष बनाएर काम अघि बढाइएको थियो । हालको व्यास–३ देउराली नगरमा समाजको भवन निर्माण गरिएको छ । तत्कालिन सावर्जजनिक डाँडो रहेको अवस्थामा त्यसलाई संरक्षण गरी खारेर गुठी भवनका लागि पहल गरिएको थियो । उक्त समयमा अध्यक्ष कोइरालालाई रामबहादुर टक्सारे, चित्र बहादुर बस्याल,राजु मग्राती,अमृत मजकोटी लगायतको सक्रिय साथ सहयोग पाएको उनले बताए । मिजार समाज सेवा समुह दमौलीको हाल दुई ढलानको पक्की भवन निर्माण गरिएको छ भने विभिन्न जिल्लाबाट तनहुँ आएर बसेका मिजारलाई समेट्दै अहिले ५३ सदस्य बनाइएको छ । कोइराला नेपाल मलखाद व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष,नेपाल मलखाद व्यवसायी संघ तनहुँका जिल्ला अध्यक्ष,नेकाँ वडासदस्य,नवजागरण टोल नेकाँ सभापति लगायतका सामाजिक संघसंस्थामा सक्रिय हुदै आएका छन् । कोइराला गोरखाली समाज तनहुँका कोषाध्यक्ष समेत रहेका कोइराला पशुपति बीज भण्डारका संचालक पनि हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij