Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आदिकवि भानुभक्त क्याम्पसलाई रमेशबाबुको आर्थिक सहयोग

  • 600
    SHARES
  • 600 Shares
  • जनचाहना न्यूज
    तनहुँ २ पुस
    नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष एवं युनियन एजुकेसनका सञ्चालक रमेशबाबुु भट्टराई र श्रीमति गोैरादेवी अधिकारी भट्टराईले आदिकवि भानुभक्त क्याम्पसलाई आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित क्याम्पसको शैक्षिक स्तरोन्नतिका लागि भटटराईले रु।पचपन्न हजार पाँच सय पचपन्न सहयोग गरेका हुन् ।
    सोमबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ,आर्थिक समितिका संयोजक गोपाल सुर्खाली, सहायक क्याम्पस प्रमुख डा।रामकुमार अधिकारीलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरे ।
    २०४४ सालमा जनताको सहयोगबाट स्थापित क्याम्पसलाई हजारौँ मनकारी व्यक्तिहरुले सहयोग र सद्भावका कारण आज यस स्थानमा आइपुगेको क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए । सबैको साथ र सहयोगका कारण क्याम्पसले क्यु एए प्राप्त गर्दै आएको छ । उक्त क्याम्पसमा हाल दुई हजार नौ सय विद्यार्थीहरू अध्ययनरत रहेको सो क्याम्पसले जनाएको छ । सहयोग दाता रमेश बाबु भट्टराईले आफूले आम्दानी गरेको केहि रकम दान गरेको चर्चा गर्दै शिक्षा क्षेत्रजस्तो पवित्र संस्थामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । बालबालिका र शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा मनमा आनन्द मिल्ने उनले बताए ।
    एक वर्षभित्र श्रीमति गौरादेवि अधिकारी भट्टराईको नाममा रु।एक लाख रुपैयाको अक्षयकोष क्याम्पमा स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । स्थायी शिक्षक हक हित संरक्षण समितिका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका भट्टराईले समाज सेवाका क्षेत्रमा आफु निरन्तर लागिरहने बताए । यस अघि पनि भट्टराईले विपन्न, असहाय विद्यार्थी तथा संघ संस्था लगायत दर्जनौं को संख्यामा सहयोग गर्दै आउनुभएको छ । भटटराईले गरेको सहयोग प्रति क्याम्पस परिवारले आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार