जनचाहना न्यूज
तनहुँ २ पुस
व्यास नगरपालिका–९ झिनुवाटार स्थित माहेन्द्री माध्यामिक विद्यालयमा यहाँका एक परिवारले दुई वटा अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयको ५० औँ वर्षमा प्रवेश गरेको अवसरमा स्थानीय महेन्द्र न्यौपानेका परिवारले रु.दुई लाख दुई हजार दुई सयको अक्षयकोष स्थापना गरेका हुन् ।
स्वर्गीय पिता युवराज न्यौपानेको स्मृतिमा छोराहरु राजेन्द्र न्यौपाने, महेन्द्र न्यौपाने र ज्ञानेन्द्र न्यौपानेले रु.एक लाख एक हजार एक सयको अक्षयकोष स्थापना गरेका हुन् । उक्त अक्षयकोषको संरक्षकत्वमा रुकमणि न्यौपाने रहेका छन् ।
त्यसैगरी सोही परिवारबाट गंगा न्यौपाने छात्रवृत्ति कोष स्थापना गरिएको छ । राजेन्द्र न्यौपाने, शैलेन्द्र न्यौपाने र अटल न्यौपानेको संरक्षकत्वमा रु.एक लाख एक हजार एकसय रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
न्यौपाने परिवारले अक्षयकोष बराबरको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेललाई हस्तान्तरण गरेका थिए ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्राछात्रको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले आफु पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेको महेन्द्र न्यौपानेले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij