Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानुमा ‘नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत बीच साझा अवधारण बिषयक बिचार गोष्ठी’

  • 321
    SHARES
  • 321 Shares

  • जिल्लाको भानुनगरपालिकामा ‘नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत बीच साझा अवधारण बिषयक बिचार गोष्ठी’ शुक्रबार सम्पन्न भएको छ । नेपाल–भारत मानव विकास एवं मैत्री संघ र नेपाल– भारत जनजागरण अभियान काठमाण्डौद्वारा भानुनगरपालिका–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा आयोजित शुभ दीपावली एवं छठ पर्वको शुभकामना आदान प्रदानको बिशेष अवसरमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका बिशिष्ट अतिथी नेपाल–भारत मानव विकाास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष सुर्य भुषाल रहनुभएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपाल–भारत दुई राष्ट्रबाद बीच विकास खोज्नुपर्ने बताउनुभएको थियो ।  नेपाल– भारत बीचको संम्बन्धलाई प्रगाढ बनाउँदै दश बर्षे योजना बनाएर नेपालको आर्थिक विकासमा सबल बनाउँदै समृद्ध राष्ट्रको अवधारणमा लाग्नुपर्ने उहाँले जोड दिनुभयो । सधै राजनीतिक प्रणालीको रटानमा लागेर गाउँ गाउँमा राजनीतिक कुरा मात्रै गरेर नेपालको अर्थतन्त्रमा सुधार आउन सक्दैन् । उहाँले भन्नुभयो ‘दुई राष्ट्र बीच समझदारी अपनाएर नेपालमा भएको स्रोत साधानलाई परिचालन गरी आर्थिक क्षेत्रमा सबल बन्नुपर्छ ।’नेपालको आर्थिक विकासको सवालमा साझा अवधारण बनाएर सिगो देशैभर नै बहसको रुपमा लैजानुपर्ने अवस्था आएको उहाँले औल्याउनुभयो । 
    राजनीतिक दलका नेता सत्तामा बस्दा भारतसंग एउटा कुरा गर्ने सत्ताबाट बाहिएपछि अर्को कुरा गरेर छल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उहाँको भनाई थियो । नेपालको आर्थिक विकासको लागि भारतसंग एक किसिमको चार्ट बनाएर काम गर्नुपर्छ । उहाँले भन्नुभयो ‘उक्त चार्ट बनाउँदा नेपालको राष्ट्रियता र सार्वभौमसत्ता माथि कुठराघात नहुने गरी बनाउनुपर्छ ।’ 

    sa.jpg

    नेपालका राजनीतिक दल भारत भ्रमणमा जाँदा व्यक्ति,दलका कुरालाई बिशेष रुपमा उठाउने गरेपनि राष्ट्रको हितको लागि खासै चासो नदेखाउने प्रवृत्तिको सधैका लागि अन्त्य गरिनुपर्ने उहाँको जोड  थियो । उक्त विद्यालयका विव्यास अध्यक्ष नविन दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी समाजसेवी सुर्य प्रसाद बढु,भानुनगरपालिका २ का वडाध्यक्ष अर्जुनबहादुर केसी,१ का वडाध्यक्ष प्रेम लामा,शिक्षा प्रेमी शहदेव अधिकारी,नेपाल सरकारका पूर्व निवृत्त शिक्षा उपसचिव बिष्णु प्रसाद मिश्र लगायतका वक्ताहरुले आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोबिन्द प्रसाद भट्टराईले स्वागत र शिक्षक सन्जिव रिजालले कार्यक्रम संञ्चालन गर्नुभएको थियो । 
    छात्रा पुरस्कृत 
    सोही विद्यालयमा कक्षा १२मा उत्कृष्ट अंक प्राप्त गर्ने भानु २ निवासी रेणु मजकोटीलाई पुरस्कृत गरेको छ । नेपाल–भारत मानव विकाास एवं मैत्री संघका केन्द्रिय अध्यक्ष सुर्य भुषालले रु.पाँच हजार नगद र खादा ओढाएर सम्मान गर्नुभएको हो । २१ जना विद्यार्थीमा मजकोटीले ३.०९ जेपिए ल्याउन सफल बन्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार