जनचाहना न्यूज
तनहुँ ६ पुस
व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय परिसरमा सरस्वती देवीको मूर्ति निर्माण कार्य सुरु गरिएको छ ।
नेपालीहरुको महान पर्व दीपावलीको समयमा देउसीभैलोबाट संकलन देउसीभैलो खेलेर संकलन भएको रकमले मन्दिर निर्माण गर्न लागेका हुन् ।
मन्दिरको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापा,प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बिहीबार मन्दिरको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

विद्यालय परिसरमा सरस्वती देवीको मूर्ति निर्माण गर्ने उद्वेश्यले देउसीभैलो खेलिएकोले मन्दिर निर्माण गर्न कस्सिएको विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।
देउसीभैलो कार्यक्रममा शिक्षक, शिक्षिका, विव्यास, शिक्षक अभिभावक संघका पदाधिकारी र विद्यार्थीहरुले सक्रिय भूमिका खेलेका थिए ।
देउसीभैलोबाट रु.दुई लाख तीन हजार ७४३ संकलन भएको विद्यालय मावि संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।

मन्दिर निर्माणका लागि उक्त रकमले नपुग्ने हुँदा बुद्धिजीवि,समाजसेवी,शिक्षक लगायतका व्यक्तिबाट चन्दा संकलन गरेर भएपनि सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
व्यास नगरपालिका–१२ नंम्बर वडा कार्यालयबाट पनि सहयोग प्रदान हुने आश्वसन पाएको विद्यालय प्रशासनले जनाएको छ ।

मन्दिर निर्माणका लागि सोही वडा निवासी पूर्व विद्यार्थी समाजसेवी भरत खड्काबाट रु.पन्ध्र हजार सहयोग गरेका छन् ।
त्यसैगरी,व्यास–२ निवासी सफल व्यवसायी समाजसेवी देवकुमार श्रेष्ठबाट रु.पाँच हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको विद्यालय प्रशासनले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij