जनचाहना न्यूज
तनहुँ ६ पुस
व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय आइसिटी अवार्ड २०२३ बाट सम्मानित भएको छ । प्रविधि प्रयोगमा उत्कृष्ट बनेको यस विद्यालयलाई शुक्रबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच अवार्डले सम्मान गरेको हो । नेपाल भरीबाट प्रतिस्पर्धामा रहेका पैतिस भन्दा बढी सामुदायिक र सरकारी विद्यालयलाई प्रविधि शिक्षामा पछि पार्दै सत्यवतीले प्रथम स्थान हासिल गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले,प्रधानाध्यापक पुष्पकला भट्टराईलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । प्रमुख अतिथी मन्त्री शर्मा अचानक बाहिर निस्कनु परेपछि उक्त अवार्ड अन्य अतिथीहरुले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत,काठमाण्डौं युनिर्भसिटीका सल्लाहकार डा.मनिष पोखरेल र लिभिङ वेथ आइसिटीका अध्यक्ष राजन लम्साल लगायतका अतिथी रहेका थिए ।
विद्यालयमा सिसि क्यामेरा,स्मार्ट बोर्ड,स्मार्ट टिभी,इन्टरनेट,स्पीकर माइक जडानका साथै कक्षा चारदेखि कम्प्यूटर शिक्षा प्रदान गर्दै आएकाले त्यसैको मूल्याङनमा उत्कृष्ट बनेको सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए ।
मोफल भन्दा बाहिर रहेर पठनपाठन गर्दै आएको विद्यालयलाई अर्गनाइजरले मूल्याङकन गरी उत्कृष्ट घोषणा गरिनुले थप हौसला मिलेको सो विद्यालयले जनाएको छ ।
विद्यालयले ह्वाइट बोर्ड हटाएर प्रविधितर्फ अघि बढेको र आउँदा दिनमा सफ्टवेयरमार्फत विद्यार्थीलाई पठनपाठनका क्रियाकलाप गराइने योजना रहेको विद्यालयकी प्रधानाध्यापक भट्टराईले बताइन् ।
प्रविधितर्फ काम गर्न अझ धेरै काम गर्न बाँकी छ,उनले भनिन्,‘यस किसिमको सम्मानले थप प्रेरणा मिलेको छ,अझै प्रगति गर्दै अघि बढ्नेछौ ।’
अभिभावक,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,शिक्षक शिक्षिका,विद्यार्थी र शुभचिन्तक लगायत सबैको सदभाव र प्रेरणाले विद्यालयले शैक्षिक गुणस्तरमा आफ्नो छवि कायम गर्न सफल भएको छ ।
उक्त विद्यालयमा हाल दुई हजार छ सय पचासी जना विद्यार्थी अध्ययनरत छन् । प्रविधि र गुणस्तर शिक्षामा विगत देखि ख्याती कमाउँदै आएको यस विद्यालयमा विभिन्न जिल्लाबाट भ्रमणका लागि विद्यार्थी र शिक्षकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij