Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

निर्मलका पूर्व विद्यार्थीद्वारा सिद्धेश्वरी माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग

  • 387
    SHARES
  • 387 Shares
  • जनचाहना न्यूज
    दमौली ६ पुस 
    व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समुहले शुक्रबार व्यास–१२ कमलबारीमा रहेको सिद्धेश्वरी माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । 
    २०४५ सालमा एसएलसी दिएका पूर्व विद्यार्थी निर्मल– ४५ गु्रपले एक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत ३३ जना विद्याथीहरूलाई विद्यालय पोशाक स्वीटर सहयोग गरेको हो । 
    कार्यक्रमका प्रमुख अतिथि पूर्व विद्यार्थीका अध्यक्ष त्रिभुवन श्रेष्ठले प्रदान गरेका हुन् । विसं ०४५ सालको एसएलसी समूहले यसअघि व्यासको १०८ फुट मूर्ति निर्माण गर्न आयोजित महायज्ञमा रु.बाह्र हजार एक सय आठ, प्रदान गरी आजीवन सदस्यता लिएको श्रेष्ठले    बताए । 
    कोरोना समयमा निःशुल्क भोजनका लागि नगद तथा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै कोरोनाको समयमा विपन्न परिवारलाई खाद्यान्न वितरण व्यास १० बोटेटारमा र व्यास १ गल्बुवेशीमा कृयापुत्रीलाई खाद्यान्न सहयोग गरेको थियो । 
    त्यसैगरी दमौली घर भई हाल चितवनमा बस्दै आएका मिर्गौला पिडीत राजु श्रेष्ठलाई रु.दश हजार,मुटुरोग पिडीत बल बहादुर दरैलाई रु.पाँच हजार प्रदान, मिर्गौला डायलासिस केन्द्र दमौली अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरी सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको उनले बताए । 
    त्यसैगरी समूहका साथीहरुका परिवारमा दुःख एवं सुखद अवसर मृत्यु, विवाह, ब्रतबन्ध आदि संस्कारहरुमा सहभागी र पुरानो एवं बालापनको स्मरण जिवन्त राख्न बेलाबेलामा पुनर्मिलन कार्यक्रम गर्दै आएको श्रेष्ठले सो अवसरमा जानकारी गराए । पुनर्मिलन कार्यक्रम गरी रमाउन मात्र होइन हामी समाजका अभिन्न अंग पनि भएकाले मेरो प्रस्तावमा सामाजिक उत्तरदायित्वका यस्ता कार्यक्रम गर्दै आएका हौं, यसका लागि स्वदेश विदेश जहां जुन ठाउँमा भए पनि हातेमालो गरी अधि बढेको र आगामी दिनमा पनि यसरी नै सहयोग गर्न तत्पर भएको अतिथि श्रेष्ठले बताए।
    सो कार्यक्रममा पूर्व विद्यार्थीका उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ, सचिव निर्मल पण्डित, कोषाध्यक्ष नारायणी श्रेष्ठ, प्रदिप श्रेष्ठ, सुक तामाङ, सिद्ध चन्द, सावित्री पन्थ, गिता खत्री, बिष्णु पोखरेल, राजेन्द्र अधिकारी, बलभद्र श्रेष्ठ कमल जिसी, विश्व वास्तोला र सूर्यमणी पौडेल लगायतको सहभागिता रहेको थियो। सो अवसरमा कार्यक्रममा उपस्थित सबै विद्यार्थीलाई बिस्कुट समेत बितरण गरिएको थियो  । विद्यालय व्यवस्थापनका अध्यक्ष फम बहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक छविदिप आलेले स्वागत तथा सञ्चालन मावि शिक्षक संयोजक ज्ञानेन्द्र जि सीले गरेका थिए । विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले सहयोगी दातालाई धन्यवाद व्यक्त गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार