जनचाहना न्यूज
दमौली,७ पुस
व्यास–२ दमौली स्थित सत्यवती माविको ४८ औं वार्षिकोत्सवको अवसरमा विविध सास्कृति तथा पुरस्कार वितरण कार्यक्रम शनिबार गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिमा व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ रहेका थिए । उत्कृष्ट नतिजा ल्याएर सत्यवती तनहुँ जिल्लाको सान बन्न सफल भएको भन्दै खुसी व्यक्त गर्दै गुणस्तर शिक्षामा अझै अघि बढ्नुपर्नेमा जोड दिए । आइसिटी अवार्डमा नेपाल प्रथम भएर आफ्नो गरिमालाई थप उचाईमा पु¥याएको बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको थियो । सो अवसरमा वडा सदस्यहरु सुरेश वाग्ले, क्याप्टेन जगतबहादुर बानियाँ, विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक अशोक गिरी लगायतका वक्ताहरु सत्यवतीलाई सबैको साथ सहयोग गरेर थप उचाईमा पु¥याउन एकजुट हुनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा विद्यार्थीले सास्कृतिक प्रस्तुति दिएका थिए । जेहेन्दार तथा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij