जनचाहना न्यूज
दमौली ८ पुस
रोट¥याक्ट क्लब अफ दमौलीले आगामी वर्षको अध्यक्षमा रबि अधिकारीलाई चयन गरेको छ । क्लबको ४५५ औँ नियमित बैठकले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
बिगत ८ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल अधिकारीले रोटा वर्ष २०२४÷०२५ मा नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । रोटा वर्ष २०१६÷०१७मा सदस्य पदबाट रोट¥याक्ट यात्रा थालेका उनले यसअघि कोषाध्यक्ष, क्लब सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । साथै उनी रोट¥याक्ट डिष्टिकले आयोजना गर्ने धेरै कार्यक्रममा सहभागी भइसकेका छन् भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरेका छन् ।
उनले रोट¥याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने उनले बताएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij