जनचाहना न्यूज
दमौली ८ पुस
नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराईले ६० जना विद्यार्थीलाई आइतबार न्यानो कपडा सहयोग गरेका छन् । व्यास नगरपालिका–१३ स्थित सिद्धबेनी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् । सेवा नै धर्म हो भन्ने भावनाका साथ भट्टराई र उनकी धर्मपत्नी गौरादेवि भट्टराईले ६० थान स्विटर र टोपी बितरण गरेका हुन् ।
स्थायी शिक्षक हक हित संरक्षण समितिका राष्ट्रिय अध्यक्ष समेत रहेका भट्टराईले शैक्षिक र बालबालिका क्षेत्रमा दिल खोलेर सहयोग गर्दै आएका छन् । आफुले कमाएको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना अनुरुप सहयोगी गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्दै जाने अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा व्यास– १३ का अध्यक्ष बसन्त आले लगाय्त बिद्यालय व्यवस्थापन समिति र प्र अ लगायतका शिक्षक हरूको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij