Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिन्धुका बीस जना बौद्धिक अपाङगता बालबालिकालाई अछामीको न्यानो कपडा सहयोग

  • 275
    SHARES
  • 275 Shares
  • दमौली १० पुस 
    क्रिसमस डे को अवसर पारी समाजसेवी बिना अछामीले सोमबार व्यास नगरपालिका– ५ साँगे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई टोपी र स्टेशनरी सामाग्री वितरण गरेकी छन । उक्त विद्यालयका आवासीय भवनमा रहेर अध्ययनरत २० जना बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई उनले टोपी र स्टेशनरी सामाग्री वितरण गरेकी हुन । बालबालिकाहरुलाई सामग्री वितरण गर्दा युवा समाजसेवी अछामी भाव विह्वल बनेकी थिइन । बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई त्यसरी सामग्री वितरण गर्न पाउँदा निकै खुशी लागेको उनले बताइन । सानो सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ भाव विह्वल हुँदै उनले भनिन । उनले खाजाको आफ्नो खर्च रकम कटाएर ति बालबालिकाहरुलाई सहयोग गरेको बताइन । चर्च पाष्टर यज्ञ बुढाथोकी र प्रमिला बुढाथोकीले उपलब्ध गराएको टोपी र आफ्नै खर्चमा खरिद गरिएको स्टेशनरी बालबालिकाहरुलाई वितरण गरेकी हुन । अछामीले विद्यालयका अध्यक्ष बिमला कुमाल र प्रधानाध्यापक मदन वाग्लेलाई सामग्री हस्तान्तरण गरेकी थिइन । कार्यक्रममा स्रोत शिक्षक सितादेवी कुँवर, कृष्ण नेपाली, रोजिसा नेपाली लगायतकाले यस्ता कार्यक्रमले बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई पठनपाठनमा अगाडि बढन सहयोग मिल्ने बताएका थिए । सामग्री पाउँदा बालबालिकाहरु उत्साहित भएका थिए । गत वर्ष पनि बिना अछामीले ति बालबालिकाहरुलाई खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सहयोग गरेकी थिइन । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार