Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

श्रीमतिलाई पोलमा बाँधेर यातना दिने श्रीमान सहित ७ जना पक्राउ

  • 295
    SHARES
  • 295 Shares
  • सिन्धुली १० पुस 
    सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनका श्रीमान् सन्तोष थापालगायत छन् । पक्राउ परेका अन्य ६ जनामध्ये केही स्थानीय राजनीतिमा सक्रिय रहेका व्यक्ति रहेको बताइएको छ । तर प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालका अनुसार कमलामाई नगरपालिका–४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमान्‌सहित ७ जना पक्राउ परेका हुन् । लेनदेनदेखि डिभोर्ससम्मका विषय आएका छन्, प्रजिअ खनालले भने,एसपी साुपकै नेतृत्वमा गएको टोलीले उहाँको उद्धार गरेको हो । हामीले यस विषयलाई गम्भीरतापूर्वक लिएका छौं, थप अनुसन्धान भइरहेको छ ।
    प्रमुख जिल्ला अधिकारी खनालका अनुसार पोलमा बाँधेर राखेकै अवस्थामा उनलाई प्रहरीले उद्धार गरेको हो । उद्धारको समयमा उनी बेहोस अवस्थामा रहेकी प्रहरीले जनाएको छ । शारदाले डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गराएपछि त्यो मुद्दा फिर्ता गराउनका लागि कुटपिट भएको हुनसक्ने प्रहरीको आशंका छ ।  यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार