Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जन्मदिनको अवसरमा शिक्षक जिसीद्वारा २९ विद्यार्थीलाई न्यानो टोपी वितरण

  • 435
    SHARES
  • 435 Shares
  • जनचाहना न्यूज
    दमौली १३ पुस
    व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका शिक्षक ज्ञानेन्द्र जिसीले जन्मदिनमा गरिने खर्चले विद्यार्थीलाई न्यानो टोपी प्रदान गरेका छन् । शिक्षक जिसीले कक्षा १ देखि कक्षा ६ सम्म अध्ययनरत २९ जना छात्रलाई शुक्रबार टोपी बितरण गरेका हुन् । जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटाएर विद्यार्थीलाई सहयोग गरेको शिक्षक जिसीले बताए । त्यसैगरी विद्यालयले दोस्रो सिकाई मापन परीक्षाको नतिजा पनि शुक्रबार नै प्रकाशन गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले परीक्षामा  प्रथम,द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रममा सहायक प्रअ प्रतापसिं अधिकारीले गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार