दमौली १४ पुस
टिम नेपो तनहुँले भानु नगरपालिका– १३ मा रहेको नेपाल इस्लामिक हनफिया मदर्शा प्राविका १८ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
उक्त विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा विद्यार्थीलाई स्विटर, टोपी, मोजा कापी, लगायत खेलकुद तथा शैक्षिक सामग्री भानु–१३ का वडा अध्यक्ष कृष्णबहादुर अधिकारीले वितरण गरे । उनले जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने धारणा राखे । टिम नेपोले जिल्लाका विभिन्न स्थानमा पुगेर सामाजिक क्षेत्रमा क्रियाशील हुदै उत्प्रेरणा जगाउने कार्य गर्दै आएको छ ।
चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेकोमा टिम नेपो तनहुँकी अध्यक्ष पवित्रा भुजेलले जानकारी दिईन् । उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिइने बताईन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिमारानी मियाले यस किसिमको सहयोगले विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश जानुको साथै हौसला मिल्ने बताईन् । सो अवसरमा संस्थाकी सचिव वर्षा सारु मगरले कार्यक्रम संचालन गरेकी थिईन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij