जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त प्रयासमा जिल्लाको आँबुखैरैनी बजारबाट १५ जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं १ समस्तिपुर स्थित क्वाइन बी रेष्टुरेन्टमा ठुलो धनराशीमा जुवा कौडा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उक्त रेष्टुरेन्टमा कौडा खेलिरहेको अवस्थामा रहेका प्रकाश खनाल, मेख बहादुर गुरुङ, बिनय गुरुङ, देबेन्द्र सेढाई, नारायण गुरुङ, तुल बहादुर गुरुङ, पुर्ण बहादुर गुरुङ, बिकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आसिस गुरुङ, सिवराज गुरुङ, पुर्ण बहादुर गुरुङ र खडक बहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले जुवा खालबाट रु.एक लाख तेह्र हजार दश र १६ थान कौडा बरामद गरेको छ । उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij