Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गोरखाली समाज तनहुँको आठौं बार्षिक साधारण सभा सम्पन्न

  • 542
    SHARES
  • 542 Shares
  • जनचाहना न्यूज
    तनहुँ २१ पुस 
    गोरखाली समाज तनहुँको आठौं साधारण सभा तथा साँस्कृतिक बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अधिकृत विश्वप्रकाश रेग्मीले व्यानर पढेर कार्यक्रमको उदघाटन गरे । 
    सो अवसरमा बोल्दै प्रमुख अतिथी एवं गोरखाली समाजका आजीवन सदस्य समेत रहेका रेग्मीले गोरखाबाट तनहुँ आएर बसोबास गर्दै आएका गोरखालीलाई समाजले संगठित गरी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने कार्य प्रशंसनीय रहेको बताए । 
    समाजले समाजभित्र रहेका आफ्ना सदस्यहरुको सुखदुखका समयमा साथ र सहयोग दिने गरी काम गर्नुपर्नेमा सुझाब दिए ।

    gg.jpg


    समाजले संगठन बिस्तारका साथै रचनात्मक किसीमले काम गर्दै अघि बढेकाले आउँदा दिनमा आवश्यक परेको अवस्थामा आफ्नो क्षेत्रबाट पनि सहयोग गर्न तयार रहेको उनले बताए । 
    कार्यक्रमकी बिशिष्ट अतिथी व्यास–१२ की वडासदस्य एवं गोरखाली चेली राजकुमारी उप्रेती सेढाईले गोरखाली समाज गठन गरी संगठित रुपमा अघि बढेको देख्दा खुशी लागेको बताइन् । 
    आउँदा दिनमा आफु पनि यस समाजको क्रियाकलापमा सहभागि हुदै सामाजिक क्षेत्रमा शसक्त रुपमा अघि बढ्ने चाहना रहेको उनले बताइन् । 

    g.jpg
    समाजका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नारायण प्रसाद अधिकारी,समाजकी आजीवन सदस्य अम्बिका पाण्डे लगायतका वक्ताहरुले समाजलाई सशक्त रुपमा अघि लैजानुपर्नेमा जोड दिए । 
    कार्यक्रममा कोषाध्यक्ष गुञ्जमान कोइरालाले आर्थिक प्रतिवेदन,सचिव एस.बि.नेपालीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष सावित्रीदेवी अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् । 
    यसबर्ष आजीवन सदस्यता लिई गोरखाली सामाजमा प्रवेश गर्ने नवप्रवेशी सदस्य राजकुमारी उप्रेती सेढाई,इन्द्रमाया गुरुङलाई खादा लगाएर स्वागत गरिएको थियो ।
    त्यसैगरी समाजका क्रियाकलापमा महत्वपूर्ण योगदान गर्ने समाजका सक्रिय सदस्य लक्ष्मण कट्टेललाई सो अवसरमा खादा लगाएर सम्मान गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार