Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनी गाउँपालिकामा ः सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा  

  • 372
    SHARES
  • 372 Shares
  • जनचाहना न्यूज
    तनहुँ २३ पुस 
    जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावक र विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने व्यवस्था गरेको छ । 
    समुदायिक शिक्षा सुधार कार्यक्रम अन्तर्गत पालिकाले पहिलो चरणमा तीन वटा वडामा यस किसिमको कार्यक्रम सञ्चालन गर्न प्रक्रिया अघि बढाएको हो ।
    सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण गर्न र गुणस्तर शिक्षा प्रदान गर्न गाउँपालिकाले यस किसिमको अभियानलाई तीब्रता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।  
    पहिलो चरणमा यसबर्ष पालिकाको भौगोलिक बिकट र आर्थिक रुपमा पिछाडिएका वडा नं ४, ५ र ६ मा कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 
    गाउँ पालिकाको स्वीकृत नीति तथा कार्यक्रम बमोजिम सामुदायिक विद्यालयमा  अध्ययनरत बिद्यार्थी र अभिभावकहरुको बीमा गरिने छ ।  
    कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम,कानून निर्माण गरी बजेट समेत व्यवस्थापन गरिसकेको छ । प्रति व्यक्ति रु.सात सयका दरले गाउँपालिकाले प्रिमियम तिरिदिएर रु.एक लाखसम्म स्वास्थ्य उपचार सेवा पाउन सक्ने प्रावधान रहेको छ । 
    सम्बन्धित विद्यालयको सिफारिसको साथमा वडाहरुबाट विद्यार्थी र अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने र  बीमा नवीकरण गर्ने लगायतका कार्य अघि बढाइएको छ । 
    गाँउपालिकाले माघ महिनभित्र उक्त तीन वटै वडाका सम्पूर्ण विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमाका लागि कार्य सम्पन्न गर्ने गरी काम सुरु गरेकोे गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । 
    उहाँका अनुसार गाउँपालिकाले आगामी बर्षमा बाँकी अन्य तीन वडामा प्राथमिकताको आधारमा कार्यक्रम बिस्तार गर्ने योजना रहेको छ । 
    सामुदायिक शिक्षा सुधार कार्यक्रम अन्र्तगत गाउँपालिकाले गत बर्षदेखि नै विद्यालयमा पोशाक, फर्निचर वितरण,दिवा खाजा व्यवस्थापन,कक्षा ६ देखि कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको  छ । 
    त्यसैगरी,बिद्यालय भवन मर्मतसंम्भार,विपन्न बिद्यार्थीहरुलाई स्कूल ड्रेस, स्टेशनरी सामग्री र खाद्यान्न व्यवस्थापन, निःशुल्क विद्यालय बस सेवा व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार