Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देशैभर इन्टरनेट ठप्प हुने जोखिम बढ्यो

  • 293
    SHARES
  • 293 Shares

  • काठमाडौं २४ पुस 
    संसदीय समितिको निर्देशन र अदालतको आदेशविपरीत सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरूलाई डलर सटहीको सिफारिश नदिँदा देशकै इन्टरनेट सेवा ठप्प हुने जोखिम बढेको छ ।
    इन्टरनेट सेवा आयात गरेबापत टाटा, एयरटेल, सिफीजस्ता विदेशी अपस्ट्रीम कम्पनीलाई पठाउनुपर्ने पैसा रोकिएको ९ महिना भइसकेको छ । तर, डलर सटही सुविधाका लागि राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिश मन्त्रालयले गरेको छैन ।
     ‘कानूनमा तिर्नुपर्दैन भनेर व्यवस्था गरिएको राजस्व जबरजस्ती तिर्न भनिएको छ र नतिरे डलर सटही सुविधा नदिने भनिएको छ,’ इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन आइस्पानका अध्यक्ष सुधीर पराजुलीले भने, ‘सञ्चारमन्त्रीले कानून पढिदिएको भए यो समस्या आउने थिएन ।
    पछिल्लो समय यो विवाद समाधानमा कुनै प्रगति नभएको र विदेशी कम्पनीले जुनसुकै बेला पनि नेपालमा आयात हुने इन्टरनेट सेवा रोकिदिन सक्ने जोखिम बढेको पराजुलीको भनाइ छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार