तनहुँमा शिक्षक नियुक्ति,सरुवा गर्दा रकमको चलखेल तथा यौनजन्य हिसाँका बिषयमा भएको टिकाटिप्पणी प्रति महिला शिक्षक समाज तनहूँको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका अध्यक्ष शर्मिला पौडेल ओझाले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै सम्मानित शिक्षण पेशा प्रति नै आँच पुग्ने गरी गरिएका त्यस्ता संम्बाद र क्रियाकलापहरु प्रति घोर भत्र्सना गरिएको हो । यथासक्य सत्यतथ्य छानबिन गरी प्रमाणका आधारमा आरोपितलाई कानुनी दायरामा ल्याउन संम्बन्धित निकायसंग जोडदार माग गरिएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ ।