जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा भिमसेनचोक स्थितमा रहेको थकाली भान्सा घरबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । जुवा तास०खेलिरहेका छन् भन्ने गोप्य सुचना प्राप्त पश्चात ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिई गएको प्रहरी नायव निरीक्षक रामशरण रानाको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सम्बन्धित घर खानतलासी गर्दा उक्त भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा रहेका सुर्य बहादुर बि.क, उमेश नेपाली, मिन प्रसाद गैह्रे, कृष्ण रिमाल र ध्रुव राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जुवा खालबाट ५४ पत्ती तास सहित एकमुष्ट रुपमा जम्मा नगद रु५८ हजार चार सय ९५ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । पक्राउ परेका पाँचै जना जुवाडेहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij