Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बालशैणिकको बार्षिकउत्सव, प्रविधि र आधुनिक शिक्षा आबश्यक ः अर्थमन्त्री आले 

  • 399
    SHARES
  • 399 Shares
  • जनचाहना न्यूज
    दमौली ६ माघ
    समुदायबाट स्थापित तनहुँ भिमाद ३ जलौदीबाट स्थित बालशैणिक मावि भिमादले १८ औ बार्षिक उत्सव तथा अभिभावक दिवस शुक्रबार मनाएको छ । 
    बार्षिक उत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सम्बोधन गरेका छन । बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले शैक्षिक गुणस्तर कायम गरी समय सापेक्षा शिक्षाका लागि प्रदेश सरकार लागि परिरहेको बताए । माध्यामिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकारको हो, उनले भने । 

    ph mantri ale.jpg
    स्थानीय सरकारसंग सहकार्य  गरेर गुणस्तरीय शिक्षा कायम गर्न र पूर्वधार निर्माण गर्नु प्रदेश सरकारको दायित्व छ। यसका लागि आबश्यकताका आधारमा प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्न प्रदेश सरकार तयार भएको उनले बताए । प्रविधि, आधुनिक र व्यवहारिक शिक्षा आजको आबश्यकता समेत रहेको मन्त्री आलेको जिकिर थियो । 
    बालशैणिक माविका संस्थापक अध्यक्ष तथा भिमाद ३ का वडा अध्यक्ष पदमराज सेन ठकुरीले स्थानीयको श्रमदान र चन्दाबाट स्थापना गरी माध्यमिक तह सम्म विद्यालय सञ्चालन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । स्थानीय दुःख, श्रमले सृजना भएको विद्यालयमा स्थानीय बालबच्चा पढेर सुनौलो भविष्य निर्माणले सारा दुःख भुलेको संस्थापक अध्यक्ष ठकुरीले अनुभुती छ  । 
    अभिभावक, शिक्षक र विद्यार्थीको मेहेनतले सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा  हासिल गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पौडेलले बताए । शिक्षाको गुणस्तर र पूर्वधार विकासमा व्यवस्थापन समिति लागि परेकाले सबैसंग सहयोगको अपिल अध्यक्ष पौडेलले गर्नुभयो । वि।स २०६२ सालमा स्थापित विद्यालयमा कक्षा दश सम्म पठनपाठन हन्छ । यस विद्यालयमा  २ सय ८५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यपक प्रविण सुवेदीले जानकारी दिए । बार्षिक उत्सवका अवसरमा विद्यार्थी र शिक्षकहरुले सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । माझकोट साना किसान सहकारीले विद्याथीले छात्रवितृ प्रदान गरेको छ । भने बार्षिक उत्सवको अवसरमा विद्यालय निर्माणका गर्नका लागि जग्गादाता र चन्दादातालाई सम्मान समेत गरेको विद्यालयका प्रअ सुवेदीले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार