Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँ सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बिक सम्मानित

  • 336
    SHARES
  • 336 Shares
  • हालै सम्पन्न तनहुँ सुनचाँदी व्यवसायी संघको पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित बन्नुभएका बिनोद कुमार बिक,(बिकास) लाई सम्मान गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ,स्वतन्त्र पत्रकार संघ र तनहूँ तरङ्ग साप्ताहिक संस्थाले मंगलबार साँझ संयुक्त रुपमा सम्मान गरेको  हो । बिक उक्त तीन वटै संस्थाको सल्लाहकार हुनुहुन्छ । सल्लाहकार बिकलाई खाँदा,दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघ तनहूँका अध्यक्ष एस.बि.नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघका महासचिव अन्जान न्यौपाने,तनहुँ तरङ्गा साप्ताहिकका प्रकाशक सुरेश सेन्चुरी,दलित पत्रकार संघका सल्लाहकार सदस्य बिनोद सेन्चुरी लगायतका पदाधिकारीहरुले अध्यक्ष बिकको कार्यकालको सफलताको कामना गर्दै हार्दिक बधाई व्यक्त गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित बिकले आफु आवद्द संस्थाको विकासको लागि सदैब तत्परता रहेको  बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार